एमाले कास्कीको अध्यक्षमा दुई प्यानलसहित तीनजनाको उम्मेदवारी
पाेखरा | चैत १३, २०८०
पोखरा: नेकपा एमाले कास्कीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । कास्कीमा नयाँ नेतृत्वका लागि माधव बास्तोला र बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् ।
बास्तोला र क्षेत्रीले प्यानल बनाएर उम्मेदवारी दिएपनि त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् ।
२०७४ को निर्वाचनबाट जिल्ला समन्वय समिति कास्कीका सभापति समेत बनेका क्षेत्री एमाले कास्कीका सचिव हुन् ।
युवा संघको केन्द्रीय उपाध्यक्षसमेत बनेका अध्यक्षका उम्मेदवार बास्तोला मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष समेत हुन् ।
माधव समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।
उपसचिवमा राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् । क्षेत्री समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।
अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचन गर्ने कार्यतालिका छ । उक्त अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिइरहेका छन् । जिल्ला अधिवेशन चैत १० गते सुरु भएको हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

